दफा १८
दोहोयाई हेर्ने

(१) यस ऐनमा अन्यथा लेखिएकोमा बाहेक कुनै अधिकारीले यो ऐन बमोजिम दिएको आदेशबाट मर्का पर्ने व्यक्तिले त्यस्तो आदेशउपर दोहोयाई हेरियोस् भनी त्यस्तो आदेश भएको मितिले पैंतीस दिन भित्र नेपाल सरकारसमक्ष निवेदन गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिमको निवेदन प्राप्त भएपछि आदेश दिने अधिकारीसँग प्रतिवेदन लिई सो प्रतिवेदन समेतको विचार गरी नेपाल सरकारले आफ्नो निर्णय वा आदेश दिन सक्नेछ र सो निर्णय वा आदेश अन्तिम हुनेछ ।